काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्दा सरकारले प्रतिबन्ध गरेको ई सिगरेट (भेप) विक्री भइरहेको फेला पारेको छ ।
बुधबार विभागले गरेको अनुगमनमा ३ ओटा फर्महरुले भेपको बिक्री गरिरहेको फेला पारेको हो ।
स्माइल योर च्वाइस, भेपमाण्डु टे«डर्स र भेप स्टुडियोबाट विभागले भेप फेला पारेको थियो । विभागले नेपाल सरकारले प्रतिबन्ध गरेको ई सिगरेट भेप फेला पारेकोले उक्त वस्तु संकलन गरी व्यवसायसँग सम्बन्धित कागजात लिई ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
यस्तै, स्याकार ट्रेडिङ्ग कम्पनीलाई विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।विभिन्न फर्ममा अनुगमन गर्दा प्रतिबन्धित भेप भेटियो ।
प्रतिक्रिया दिनुहोस्