काठमाडौं । सरकारले युवा केन्द्रित ‘स्टार्टअप कार्यक्रम’ सुरुवात गर्ने घोषणा गरेको छ ।
सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आय आर्जनका अवसरहरू वृद्धि गर्ने बताइएको छ ।
सबै उद्यममा बिजनेस प्लान र त्यसको इको सिस्टम सुनिश्चित गरी जेन जी पुस्तालाई विशेष प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गरिनेछ । राष्ट्रपतिले भने ।
प्रतिक्रिया दिनुहोस्