जलविद्युत निर्माणमा विप्रेषण रकम परिचालन गर्ने सरकारको तयारी


काठमाडौँ । सरकारले जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत जलविद्युत् निर्माणका लागि स्वःपूँजी परिचालन गराउने भएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत जलविद्युत् निर्माणका लागि स्वःपूँजी परिचालन गराइने बताएका हुन् ।

यस्ता आयोजनाहरुमा सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकको विप्रेषण रकम समेत परिचालन गर्न प्रयास गर्ने उल्लेख गरेको छ ।