नीति तथा कार्यक्रममा वाग्लेको प्रतिक्रियाः थाकेको अल्छि सरकारको बासी कार्यक्रम


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले थाकेको अल्छी सरकारले बासी नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन् ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका हुन् । उनले विगतका सरकारले ल्याएको तर फेल भइसकेका कार्यक्रमहरु सरकारले दोहोर्‍याएको बताए।

उनले नीति तथा कार्यक्रमलाई हावादारी कार्यक्रमको संज्ञा दिए । उनले संसारमा भएका विभिन्न परिस्थितिप्रति सरकार बेखबर जस्तो भएर नीति तथा कार्यक्रम ल्याएको बताए । उनले राष्ट्रपतिको स्वास्थ्यलाई ख्याल गरेर सरकारले छोटो नीति तथा कार्यक्रम प्रस्तुत गर्नु सकारात्मक पक्ष भएको भन्दै व्यङ्ग्य गरे । 

सांसद वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारेमा आगामी सोमवारको संसद बैठकमा आफ्नो कुरा राख्ने बताए ।