काठमाडौँ । सरकारले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रूपमा एनसेललाई सम्मान गरेको छ। काठमाडौँमा शुक्रबार आयोजित ८औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को विशेष कार्यक्रममा एनसेललाई सो सम्मान प्रदान गरिएको हो।
देशमा आईसीटीको विकास र प्रर्वद्धनका लागि प्रत्येक वर्ष मे २ लाई ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ का रूपमा मनाईदै आएको छ। कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ,कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरेका थिए।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सरकारबाट यस्तो कदर प्राप्त हुनु कम्पनीका लागि गर्वको विषय भएको बताए।
उनले भने, “राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को यस विशेष अवसरमा, आईसीटीको क्षेत्रमा हाम्रो योगदानलाई कदर गर्दै सरकारबाट सम्मान प्राप्त गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ। एनसेलले प्रत्येक वर्ष विभिन्न शीर्षकअन्तर्गत सरकारलाई महत्त्वपूर्ण कर तथा शुल्क तिर्दै आएको छ। देशको आईसीटी विकास र आर्थिक वृद्धिमा योगदान दिन पाउनु हाम्रो लागि गौरवको विषय हो।”
कायुमोभले डिजिटल नेपालको परिकल्पनाअनुरूप एनसेल निरन्तर योगदान गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने एक कम्पनीको रुपमा स्थापित रहँदै आएको छ। यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदातालगायतको सम्मान पाइसकेको छ।
संस्थागततर्फ गत आर्थिक वर्ष २०८०/८१ मा सबै भन्दा बढी कर योगदान गरेकोमा एनसेल ललितपुर महानगरपालिकाबाट उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको थियो।
यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदातालगायतका सम्मानहरू पाइसकेको छ । गत पुसमा पनि संस्थागततर्फ गत आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कर बुझाएकोमा एनसेल ललितपुर महानगरपालिकाबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्