काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको बैठक आज (शनिबार) दिउँसो बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज दिउँसो १ बजेका लागि बालुवाटारमा बैठक बोलाएका हुन् ।
बैठकमा हालै प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि समिक्षा गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटका प्राथमिकतासम्बन्धी विषयमा छलफल हुने एमाले स्रोतले जनाएको छ ।
नीति तथा कार्यक्रमप्रति संसद्मा पार्टीको धारणा स्पष्ट गर्न तथा बजेट निर्माण प्रक्रियामा एमाले संसदीय दलको सक्रिय भूमिका निर्धारण गर्न बैठक महत्वपूर्ण हुने अनुमान गरिएको छ ।
साथै, सांसदहरूबाट प्राप्त सुझावका आधारमा बजेटमा समेटिने क्षेत्रहरूबारे समन्वयात्मक निर्णय लिन बैठक आयोजना गरिएको बताइएको छ ।
पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारको नीति कार्यक्रमबारे सांसदहरूबीच अन्तरक्रिया र भावी रणनीति निर्माणका लागि आजको बैठकलाई उपयोगी मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्