काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अहिलेको सरकारले पूर्वाधार निर्माण तथा विकासका सबै क्षेत्रलाई गति दिएको बताएका छन् ।
आइतबार काठमाडाैँको कपन क्षेत्रमा सडक अनुगमन तथा निरीक्षणका क्रममा उनले गठवन्धनमा रहेका दलहरु विचमा दर्विलो विश्वास र सहकार्य रहेकै कारण विकास निर्माणले गति लिएको बताएका हुन् ।
स्थानीयबासीले सो क्षेत्रमा खोला व्यवस्थापन तथा सडक निर्माणका लागि मन्त्री दाहाल समक्ष माग गरेका थिए । त्यस क्रममा उनले विकासका विभिन्न क्षेत्रहरू विभिन्न मन्त्रालय तथा निकायका कार्यक्षेत्रमा पर्ने भएकाले ति सवै निकायहरु विच समन्वय गरि जनअपेक्षा पूरा गरिने बताए ।
अहिले देश निर्माणको क्रममा रहेकाले पूर्वाधारहरुको विकासले नागरिकको जीवन स्तरमा पनि परिवर्तन ल्याइरहेको उनले जनाए। सडक सञ्जालको विकासले शिक्षा, स्वास्थ्य जस्ता सेवा लिन सहज हुनका साथै ग्रामिण क्षेत्रमा स्वरोजगारी र उद्यमशीलताको विकास भई रहेको पनि मन्त्री दाहालले बताए ।
देशका विभिन्न राजमार्गहरु अहिले निर्माण तथा स्तरोन्नतीका क्रममा रहेकाले केहि स्थानमा सवारी साधन सञ्चालनमा समस्या भए पनि सके सम्म यातायात अवरुद्ध हुन नदिने गरि काम भई रहेको उनको भनाइ छ । वर्षायाम सुरू हुनै लागेकाले निर्माणाधिन सडकहरुमा यातायात अवरुद्ध हुन नदिन उनले सडक विभाग तथा आयोजनाहरुलाई निर्देशन पनि दिए ।
सडक निरीक्षण टोलीमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपाने, सडक डिभिजन कार्यालय काठमाडाैँका प्रमुख नारायणदत्त भण्डारी, ईन्जिनियर प्रमोद खतिवडा लगायतका कर्मचारी तथा प्राविधिकहरू सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्