काठमाडौँ । ग्लोबल ओरियन्स नेपाल प्रा.लि.ले पाँचौं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सव तथा वितरक सम्मान कार्यक्रममा कम्पनीका अध्यक्ष बसन्त पण्डितले ग्लोबल ओरियन्स नेपालले ४७ सय युवाहरूलाई वितरकको रूपमा काम गर्ने अवसर प्रदान गरेको र ५ बर्षको अवधिमा १ अर्ब १९ करोडको कारोबार गरेको बताए ।
त्यस्तै, हरेक ३/३ महिनामा राज्यको सम्बन्धित निकायमा सम्पूर्ण प्रतिवेदन पेश गरिरहेको र पारदर्शी कारोबार रहेको बताउँदै आगामी दिनमा नेपालमै उत्पादन गृह स्थापना गरी शतप्रतिशत स्वदेशी उत्पादन विक्रि गर्नेमा कम्पनी अगाडी बढीरहेको जानकारी दिए । अधयक्ष पण्डितले उक्त कार्यक्रममा कफी र पर्फयुम २ वटा उत्पादन पनि बिक्रि सुरू गरिएको र हालसम्म ५० भन्दा उत्पादनहरू रहेको जनाए ।
कार्यक्रमका विशेष अतिथि संघीय प्रतिनिधि सभा सदस्य लाल प्रसाद साँवा लिम्बुले पनि नेपालमा युवाहरूको लागि काम गर्ने अवसर नभएको, राज्यले मात्र रोजगार उपलब्ध गराउन नसक्ने, व्यापार घाटाको कारण राज्यको ढुकुटी कम हुँदै जाँदा राज्यको सिस्टम नै तहसनहस हुन सक्ने लगाएतका कुरालाई सरकारले बेलैमा सोच्नु पर्ने बताए ।
उनले अन्य विकशित मुलुकले झैं राज्यतहबाट उचित व्यवस्थापन र आवश्यकता अनुसार अनुकुल ऐननियमको परिमार्जन गरेर भएपनि प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिए ।
सो अवसरमा पूर्ववाणिज्य मन्त्री मिन बहादुर विश्वकर्माले पनि व्यापारीहरूलाई थुनछेक गरेर, राज्यका निकायहरुले तर्साउने शैलीले नियन्त्रण गर्न खोजेर नेपालको राष्ट्रिय अर्थतन्त्रको भार थेग्न नसकिने बताए ।
“हरेक व्यापारीहरुलाई कर तिर, पारदर्शी व्यापार गर भनेर प्रोत्साहन गर्न जरुरी छ । प्रत्यक्ष विक्रि पद्धतिमा आधारित व्यवसायलाई प्रोत्साहन गर्न, नियमन गर्न मात्र सक्यो भने राज्यले आम युवाहरुलाई रोजगारी दिने मात्र होईन, ऐनमा उल्लेख भएको ५० प्रतिशत स्वदेशी उत्पादनलाई मात्र पनि प्रोत्साहन गर्न सकियो भने आयात प्रतिस्थापन शतप्रतिशत हुन सक्छ,” उनले भने ।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष कुमार पाण्डेले वर्तमान अवस्थामा राज्यको अदुरदर्शी नितिका कारण अर्थतन्त्र शिथिल मात्र नभई आम व्यापारीहरूले व्यापार गर्न सक्ने अवस्था नरहेकोले राज्यले आम व्यापारीहरूलाई नियन्त्रण नगरी उपयुक्त सिस्टम बनाएर प्रोत्साहन गर्नु पर्ने र प्रत्यक्ष विक्रि पद्धति अबको व्यापारको नयाँ प्रयोग र अभ्यास हुन सक्ने बताए ।
ग्लोवल ओरियन्स नेपालले स्वदेशी उत्पादनको खपत बृद्धि गरी आम युवाहरुलाई रोजगारी दिएको देख्दा अब युवाहरूले नेपालमै बसेर कमाउँदै रमाउँदै गर्न सक्ने वातावरण बनेको र अझ संस्थागत हुनेमा विश्वास जगाएको बताए । उपभाेक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले २०६१ सालबाट नै प्रत्यक्ष बिक्रि ऐन बन्ने क्रममा तहगत रूपमा पटक पटक छलफल, गोष्ठी र सेमिनार गरेर मात्र यो ऐन बनेको बताउँदै यो ब्यापार रोक्ने भन्दा पनि व्यवस्थापन र नियमन गर्नु नै उपयुक्त हुने भएकोले कानून बनाउन पहल गरेको बताए ।
“ग्लोवल ओरियन्स नेपालको साथ सम्मृद्धिको आधार” भन्ने मूल नाराका साथ अगाडि बढेको यस कम्पनीले अन्तराष्ट्रिय स्तरमा ख्याति पाएका स्वास्थ्यमैत्री उत्पादनहरूको अलावा नेपाली हर्वल सौन्दर्यका उत्पादनहरू समेत बिक्रि गर्दछ । नेपालमै उत्पादनहरू हरप्रकारका गुणस्तरीय उत्पादनहरुको खपतमा बृद्धि गरी आयात प्रतिस्थापन गर्ने र भविष्यमा निर्यात गर्ने यस कम्पनीको लक्ष्य रहेको छ ।
हालसम्म यस कम्पनीले नेपालभरि २६०० भन्दा बढी वितरकहरूमार्फत आफ्ना सामानहरू बिक्री प्रबर्धन तथा २६ वटा बिक्रि कक्षमार्फत सामानहरू उपभोक्ताकोमा उपलब्ध गराइरहेको छ । नेपाली उत्पादकहरू ८ वटा कम्पनीसँग यस ग्लोबल ओरियन्स नेपालले सहकार्य गरिरहेको छ । यसमा समपुरक खाद्यवस्तु र सौन्दर्य सामग्री तथा घरायासी सामानहरू रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्