काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विदेशी प्रजातिका कुकुरलाई माईक्रोचिपिङ गरेर दर्ता गराउँदा अब दुई हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ। हालै गोरखापत्रमा प्रकाशित सूचना अनुसार महानगर क्षेत्रभित्र कुनै पनि विदेशी प्रजातिको कुकुर पाल्नुभन्दा पहिले सो कुकुरमा माईक्रोचिप जडान गरी वडा कार्यालयमा दर्ता गराउनु अनिवार्य भएको छ।
यस कार्यका लागि स्थानीय जातका कुकुरमा भने कुनै शुल्क नलाग्ने महानगरले स्पष्ट पारेको छ। तर, विदेशी प्रजातिका कुकुरका लागि भने दुई हजार मात्र तिर्नुपर्ने व्यवस्था गरिएको महानगरले जनाएकाे छ ।
महानगरका अनुसार, दर्ता प्रक्रिया पूरा नभएका तथा माईक्रोचिप नलगाइएका कुकुररविरालोको बिक्री वितरणसमेत निषेध गरिएको छ। साथै, कुकुर वा विरालो पाल्नुअघि नेशनल भेटेरिनरी काउन्सिलबाट प्रमाणित पशु चिकित्सकबाट माईक्रोचिपिङ गराइ सम्बन्धित वडा कार्यालयमा अभिलेख राख्नु पर्ने महानगरले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्