गभर्नर नियुक्तिको विषयमा कुनै अन्तरविरोध छैन, केही दिनभित्र नियुक्त गर्छाैँः बर्ताैला


काठमाडाैँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताएका छन् ।

शुक्रवार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले गभर्नर नियुक्तिको प्रक्रिया छलफलका क्रममा रहेको र कुनै असमझदारी नभएको जानकारी दिएका हुन् ।

बर्तौलाले गभर्नर नियुक्ति सम्बन्धी छलफल नियमित प्रक्रियामा रहेको र केही कानूनी मुद्दा अदालतमा पुगेको कारणले नियुक्तिमा ढिलाइ भएको स्वीकार गरे । उनका अनुसार, दलहरूबिच गभर्नर नियुक्तिको विषयमा कुनै अन्तरविरोध छैन र सरकारले छिट्टै निष्कर्षमा पुगेर नियुक्ति गर्नेछ।

“सरकार नियमति प्रक्रियाबाट छलफलको प्रक्रियामा छ। कतिपय समयमा जिम्मेवारीको नियुक्ति प्रक्रिया केही ढिला हुने पनि सक्छ, तर सरकारले उपयुक्त व्यक्ति चयन गरेर निर्णय गर्नेछ,”बर्तौलाले भने।