काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ ग्रहण गरेका छन् ।
बुधवार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ ग्रहण गरेका हुन् । मन्त्रिपरिषद्बाट नियुक्त भएका गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ।
शपथ ग्रहण गरेसँगै गर्भनर पौडेल पदभार ग्रहणको लागि नेपाल राष्ट्रबैंक पुगेका छन् ।
पूर्व गर्भनर महाप्रसाद अधिकारीले राजीनामा दिएको करिब २ महिनापछि सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्