राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटायो


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार घटाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१ ८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” जारी गर्ने भएको छ ।

लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” जारी गरिने उल्लेख गरेको छ ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गर्ने जनाएको छ ।