पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उच्च स्रोतकाअनुसार पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी छुटको जग्गा बिक्री भएको प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नेपाल प्रधानमन्त्री रहेका पतञ्जलीलाई हदबन्दीमा जग्गा खरिद गर्न मन्त्रिपरिषद्बाट निर्णय गराई दुई महिना नबित्दै फेरी बेच्नको लागि मन्त्रिपरिषद्बाट निर्णय गरेका थिए ।