रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न नसकेको अध्यक्ष दाहालको आरोप


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले रिटर्नीहरू (विदेशबाट फर्किएका नागरिक) प्रति राज्यले अपेक्षित सम्मान र सहयोग नदेखाएको आरोप लगाएका छन् ।

माओवादी निकट रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राज्यले रिटर्नीहरूको भावना र योगदानको कदर गर्न नसकेको बताएका हुन् । माओवादी नेतृत्वको सरकारले रिटर्नीहरूका लागि विशेष प्याकेज कार्यक्रम अघि सारेको भएपनि सरकार परिवर्तनपछि उक्त कार्यक्रमको बजेट अन्यत्र सारिएको जानकारी आफूले पाएको दाहालको दाबी छ ।

विदेशबाट फर्किएका नागरिकको योगदानको कदर गर्दै सरकारले विषेश योजनाहरु ल्याउनुपर्ने उनको जोड थियो । “राज्यले रिटर्नीहरुलाई जुनस्तरको महत्व दिनुपर्ने र रिटर्नीको भावनालाई कदर गर्नुपर्ने हो त्यस्तो भएको छैन,” उनले भने, “तर हाम्रो पार्टी र हाम्रो पार्टीको नेतृत्वको सरकार भएको बेलामा हामीले राज्यको नीति कार्यक्रममा पनि र बजेट बत्तलव्यमा पनि रिटर्नी सेन्टर र रिटर्नीहरुलाई विशेष महत्व दिनुपर्छ भनेर नै रिटर्नी उद्यमशीलता कार्यक्रम भनेर एउटा प्याकेजमा नै कार्यक्रम अगाडि सार्ने हामीले जमर्को ग¥यौं ।”

नीति तथा कार्यक्रममा पनि हामीले यसको महत्व र आवश्यकतालाई जोड दिने माओवादीको प्रयास गरेको दाहालले बताए । “तर दुर्भाग्य के भयो भने हामीले छुट्याएको रकम पनि हामी सरकारबाट बाहिर गएपछि अन्यत्रै त्यो बजेट लगिएको भन्ने हामीले थाहा पाएका छौँ , उनले भने ।

उनले मुलुकको आर्थिक र सामाजिक विकासका लागि रिटर्नीहरुको महत्वपूर्ण भुमिका रहेको पनि बताए