रास्वपा महामन्त्री विवाद : छलफलका लागी दुवै पक्षलाई बोलायो सर्वोच्चले


काठमाडौँ । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री दाबी गर्दै डा. मुकुल ढकालले दायर गरेको रिट निवेदन सुनुवाइ पछिसर्वोच्च अदालतले रास्वपासहितका विपक्षीहरुलाई छलफलमा बोलाएको छ।

उक्त रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई १७ गते छलफलमा बोलाएको छ ।

रास्वपाले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएपछि उनले रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री बुर्लाकोटी, प्रवक्ता मनिष झालगायतलाई विपक्षी बनाई बुधबार सर्वोच्चमा रिट दर्ता गराएका थिए।

ढकालले भने रास्वपाको महामन्त्री आफू रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्नरगराउन पाउनुपर्ने दाबी गरी परमादेश, उत्प्रेषणसहितको आदेश अदालतबाट माग गरेका छन्।

पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै पार्टीले ढकाललाई २०८१ असार २० महामन्त्री पदबाट निलम्बन गरेको थियो ।