काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहराले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा उनले यस्तो माग राखेका हुन् । उनले नेपालमा मलको माग ११ देखि १३ मेट्रिक टनसम्म भएपनि सरकारले चार मेट्रिक टन मात्र आयात गर्न सकेको उल्लेख गर] । किसानलाई धान रोप्ने समयमा मलको आपूर्ति गर्न सरकार गम्भिर बन्नुपर्ने बताए ।
उनले भने,”यो वर्ष पनि किसानलाई प्रयाप्त मात्रामा मल छैन । नेपालमा मलको माग ११ लाखदेखि १३ लाख मेट्रिक टन छ । तर सरकारले जम्मा चार लाख मेट्रिक टन मल मात्र आयात गर्न सकेको छ । त्यसकारण म मलको आपुर्ति तुरुन्त गरियोस् म अध्यक्षज्युमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
धान रोप्ने समयमा किसानलाई पर्याप्त मात्रामा मल उत्पादन गर्न नसके धान उत्पादनमा ह्रास आउने भन्दै उनले चिन्ता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्