काठमाडौँ । नेपाल ह्याचरी उद्योग संघले पोल्ट्री व्यवसायमा देखिएको पछिल्लो संकट समाधानका लागि ब्रोइलर र कलर ब्रोइलर (कोइलर) चल्लाको उत्पादन तथा विक्री वितरण एक हप्ताका लागि बन्द गर्न आफ्ना सदस्य उद्योगहरूलाई आग्रह गरेको छ।
संघका अनुसार गत शुक्रबार सम्पन्न भेलाले आगामी असार २३ गते सोमबारदेखि असार २९ गते आइतबारसम्म चल्ला उत्पादन र बिक्री पूर्ण रूपमा रोक्ने निर्णय सर्वसम्मत रूपमा गरेको हो।
महासचिव ज्ञान बहादुर विसुरालका अनुसार पोल्ट्री व्यवसायमा विगत केही महिनादेखिको विषम परिस्थितिलाई सुधार गर्नका लागि यस्तो निर्णय लिइएको हो ।
संघले सबै सदस्य उद्योगहरूलाई तोकिएको म्यादसम्म कुनै पनि प्रकारका ब्रोइलर वा कलर ब्रोइलर चल्ला उत्पादन नगर्न र बजारमा वितरण नगर्न अनुरोध गरेको छ।
संघले चाल्ला उत्पादन र विक्रीमा एक साताको अवरोधले बजारमा सन्तुलन कायम गर्न र व्यवसायमा देखिएको दबाबलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्