काठमाडौँ । पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बद्ध कान्तिपुर सिटी कलेज (केसीसी) ले बीबीए संकायका विद्यार्थीहरूले तयार पारेको म्यानेजमेन्ट स्कोलर्स म्यागेजिनको १० औं संस्करण औपचारिक रूपमा विमोचन गरेकाे छ ।
विमोचन कार्यक्रममा प्रमुख अतिथि नेपाल उधाेग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्व अध्यक्ष भवानी राणा, प्रो. रामा कृष्ण रेग्मी, प्रो. डा. महेन्द्र सिंह, म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका महासचिव इन्द्र कुमार श्रेष्ठ, केसीसीका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्की र प्रिन्सिपल राजु कट्टेलले संयुक्त रूपमा म्यागेजिन विमोचन गरेका हुन् ।
एफएनसीसीआई की पूर्व अध्यक्ष राणाले विद्यार्थीहरूले तयार पारेको म्यागेजिनले भोलीको दिनमा नेतृत्व विकाशमा सहयोग पुग्ने बतइन् ।
त्यसैगरी प्रो. डा. महेन्द्र सिंहले म्यागेजिनले विद्यार्थीलाई रचनात्मक बनाएको र यसको विषयबस्तुले ज्ञानको दायरा फराकिले बनाउने बताए ।
म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका महासचिव इन्द्र कुमार श्रेष्ठ तथा केसीसीका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्कीले म्यागेजिन निरन्तरताको शुभकामना दिँदै म्यागेजिनले विद्यार्थीहरुमाझ नयाँ शिपको विकाश भएको उल्लेख गरे ।
कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूले कक्षा भित्र सिकेका कुराहरू व्यवहारमा कसरी लागू गर्ने भन्ने कुरामा म्यागेजिनले सहयोग पु¥याएको बताएका थिए ।
प्रो. रेग्मीले म्यागेजिनले विद्यार्थीहरूको करियर निर्माणमा सहयोग गर्ने उल्लेख गरे । उनले कृत्रिम बुद्धिमत्ता (एआई) मा पूर्ण निर्भर नहुन सुझाएका छन्। उनले भने, “एआईले मानवीय सीपहरू कमजोर पार्न सक्छ, त्यसैले बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ ।”
‘पर्यटन र एआई’ लाई विषेश जोड दिएको यस म्यागेजिनले शिक्षा क्षेत्रमा एआईको प्रयोग, व्यापार र रोजगारीका सीपहरू समेत समावेश छ ।
अतिथिहरूले विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् । केसीसीका प्रिन्सिपल कट्टेलले विद्यार्थीहरूको सफ्ट स्किल्स विकासमा कलेजले सहयोग गरिरहेको र म्यागेजिन प्रकाशनलाई निरन्तरता दिई राख्न अनुरोध गरे । सन् २००५ देखि केसीसीले बीबीए कार्यक्रम संचालन गर्दै आएको छ । विमोचन कार्यक्रममा विद्यार्थी, शिक्षक, प्राध्यापक र पत्रकारहरूको समेत उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस्