काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आजको दर अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा छ भने युरो एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ निर्धारण गरिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३८ रुपैयाँ तय गरिएको राष्ट्र बैँकले जनाएको छ ।
पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा तोकिएको छ । स्वीस फ्रयाङ्कको खरिददर १७२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७३ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्