काठमाडौं । भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी शो–२०२५ मा म्याक्स ब्रान्डको प्रिमियम इलेक्ट्रिक एमपीभी ‘मिफा ७’ सार्वजनिक गर्दै बिक्री सुरु गरिएको छ।
चीनको प्रसिद्ध एसआईसी मोटर ग्रुपअन्तर्गतको म्याक्स ब्रान्डको यो अत्याधुनिक विद्युतीय सवारीसाधन नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याएको हो।
७ सिटर क्षमताको मिफा ७ नेपालमा लक्जरी वर्गका ग्राहकलाई लक्षित गरी ल्याइएको कम्पनीले जानकारी दिएको छ। यस गाडीमा ९० किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले डब्लुएलटीपि मापनअनुसार एकपटकको पूरै चार्जमा अधिकतम ६३५ किलोमिटर दूरी तय गर्न सक्छ।
साथै, यो गाडी डीसी फास्ट चार्जिङ सपोर्ट गर्दछ, जसअन्तर्गत ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीकाे दाबी छ।
गाडीमा इलेक्ट्रिक स्लाइडिङ ढोका, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन–कीप असिस्ट, ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामेरा, अड्जस्टिभ क्रुज कन्ट्रोल लगायतका अत्याधुनिक सुरक्षा सुविधाहरू रहेका छन्।
यसबाहेक, १२.३ इन्चको डुअल डिजिटल डिस्प्ले, एड्भान्स मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ, हाई परफर्मेन्स १८० किलोवाट इलेक्ट्रिक मोटर (३५० एनएम टर्क) र मसाज सिटजस्ता सुविधाहरूले यसलाई अत्यन्तै सुविधासम्पन्न बनाएको छ। कम्पनीले ८ वर्ष वा २ लाख किमी ब्याट्री र ५ वर्ष वा १ लाख किमी मोटर वारेन्टी प्रदान गर्ने जनाएको छ।
मिफा ७ को मूल्य १ करोड २५ लाख रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, केही समयअघि मनाङमा लन्च गरिएको म्याक्सकै विद्युतीय पिकअप इ-टिरन ९ को मूल्य १ करोड ९ लाख ९९ हजार रुपैयाँ रहेको छ।

नाइमा मोबिलिटी शो अवधिभर बुकिङ गर्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले विशेष अफर सार्वजनिक गरेको छ। मिफा ७ बुक गर्ने ग्राहकलाई १० लाख रुपैयाँ नगद छुट र इ-टिरन बुक गर्नेले ५ लाख रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ।
हिमालय मोट्रक्सका प्रबन्ध निर्देशक सौरव थापाका अनुसार मिफा ७ केवल सवारी साधन मात्र नभई एक प्रिमियम लाइफस्टाइल स्टेटमेन्ट हो, जसले लक्जरी, आराम, सुरक्षासहितको आधुनिक प्रविधिमा आधारित यात्राको अद्वितीय अनुभव प्रदान गर्छ।
नेपालमा ३० वर्षभन्दा बढी समयदेखि सवारीसाधनको व्यवसायमा संलग्न हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोट्रक्सले म्याक्स ब्रान्डमार्फत नेपाली बजारमा विश्वस्तरीय विद्युतीय सवारीसाधन ल्याउने आफ्नो योजनाअनुरूप मिफा ७ सार्वजनिक गरेको हो।
प्रतिक्रिया दिनुहोस्