काठमाडौँ । जापान र कोरियाबाट पैसा पठाउने कम्पनी जेआरएफ रेमिट र नेपालको नियो मनी ट्रान्सफरबिच रेमिट्यान्स सेवा प्रदान गर्नका लागि सहकार्य सुरु भएको छ । यो सँगै अब जापान र कोरियामा रहेका नेपालीहरूले अबदेखि जेआरएफको अनलाइन सेवा प्रयोग गरी नियो मनि ट्रान्सफर मार्फ सहजै रकम पठाउन सकिनेछ ।
यो साझेदारीसँगै अब नेपालीहरुले नेपालका कुनैपनि बैंक खाता तथा भुक्तानी सेवा प्रदायकका वालेटमा रकम पठाउन सकिन्छ । साथै नियो मनि ट्रान्सफरका देशैभर रहेका एजेन्ट नेटवर्क मार्फत समेत रकम प्राप्त गर्न सकिनेछ ।
जेआरएफसँगको सिाझेदारीका विषयमा नियो मनी ट्रान्सफरका सीईओ सागर खनालले भने, “जेआरएफ रेमिटसँग मिलेर हामीले अझ राम्रो रेमिट्यान्स सेवा प्रदान गर्न सक्नेछौँ । हाम्रो संयुक्त प्रयासले रकमको लेनदेनलाई अझ छिटो र भरपर्दो बनाउनेछ । साथै यसरी औपचारक माध्यमको प्रयोगलाई बढावा दिएर देशको वित्तीय प्रणालीलाई बलियो बनाउन मद्दत गर्नेछ भन्ने हामीलाई वश्वास छ ।”
प्रतिक्रिया दिनुहोस्