आइपिओ निष्काशनको लागि एसवाई प्यानलले पायो अनुमति


काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । आइपिओ निष्काशनको लागि कम्पनीलाई नेपाल धितोपत्र बोर्डले हिजो भदौ १७ गते अनुमति प्रदान गरेको छ ।

स्वीकृत प्रस्तावअनुसार, कम्पनीले कुल जारी पूँजीको ४० प्रतिशत अर्थात ५ सय ४८ कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ। सेयर प्रतिकित्ता अंकित मूल्य रु. १०० मा बिक्री हुनेछ।

यस सार्वजनिक निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेड लाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ।

यसैबीच, इक्रा नेपाल ले कम्पनीलाई इश्यूअर रेटिङलाई आइक्रा एनपी इस्यूअर रेटिङ डबल बी मा कायम राखेको छ, जसले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।