कांग्रेस सभापति देउवाको निवासमा आगजनी


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

सुरुवाती रूपमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए भने त्यसपछि आक्रोशित भीडले घरमा आगजनी गरेका सुरक्षा स्रोतले जानकारी दिएका छन् ।

उनीहरूले मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।