काठमाडौँ । भारतले सुशीला कार्की नेतृत्वमा बनेको सरकारको स्वागत गरेको छ ।
कार्कीको सपथ ग्रहण लगत्तै भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अन्तरिम सरकारको स्वागत गरेको हो ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ हामी नेपालमा सम्माननीय श्रीमती सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गर्दछौं । हामी आशावादी छौं कि यसले शान्ति र स्थायित्वको प्रवर्धनमा सहयोग पुर्याउनेछ।”
भारतले नजिकको छिमेकी, समान लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको हैसियतले भारत नेपालसँग जनताको समृद्धि तथा भलाइका लागि नजिकबाट सहकार्य गर्न निरन्तर प्रतिबद्ध रहने उल्लेख गरेको छ ।
जेनजी आन्दोलनपछि शुक्रबार राती कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्