नवनियुक्त तीन मन्त्रीले लिए शपथ


काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सकारका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सोमवार बिहान नवनियुक्त मन्त्रीहरू कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोनपनीयताको शपथ गराएका हुन् ।

प्रधानमन्त्री कार्कीले आईतवार घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास, अर्याललाई गृह र कानून तथा संसदीय मामिला र खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । गृहमन्त्री अर्याल काठमाडौँ महानगरपालिकाको कानूनी सल्लाहकार थिए।

अर्थमन्त्री नियुक्त खनाल पूर्व राजश्व सचिव हुन् । जेन–जी पुस्ताको आन्दोलन उग्र भएपछि २४ भदौमा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए ।

जेन–जीको प्रश्तावमा राष्ट्रपथि रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरूले सोमवार नै पदभार ग्रहण गर्दै छन्।