बुधबारदेखि मोबाइलमाण्डुको दशैं ग्याजेट्स मेला, ६० प्रतिशतसम्म छुटसँगै उपहार


काठमाडौं । मोबाइलमाण्डुले दशैंको अवसरमा ‘दशैं ग्याजेट्स मेला’ सुरू गर्ने भएको छ । असोज १ गतेदेखि असोज १० गतेसम्म सञ्चालन हुने यो मेलामा उपभोक्ताले ६० प्रतिशतसम्म छुट, कम्बो अफर, प्रि–बुकिङ सुविधा तथा रोचक उपहारहरू प्राप्त गर्ने जनाइएकाे छ ।

मोबाइलमाण्डुले यस मेलामा ट्याबलेट, ल्यापटप, स्मार्टवाच, इयरबड्सदेखि लिएर विभिन्न होम एप्लायन्ससम्म उपलब्ध गराउने जनाएको छ । यसअन्तर्गत नयाँ उत्पादनहरूको विशेष लन्च पनि हुने उल्लेख गरिएकाे छ ।

कम्पनीका अनुसार ब्ल्याक शार्कको नयाँ गेमिङ इयरबड ‘राेकास’ पहिलो तीन ग्राहकले मात्र ९९ रूपैयाँमै पाउनेछन् भने ‘चूइ हाइ १ एक्स प्राे’ ट्याबलेट पहिलो ग्राहकले ९९९ रुपैयाँमै पाउनेछन् ।

कम्पनीले असोज १० सम्म ‘दशैं गिभअवे’ कार्यक्रममार्फत तीन विजेतालाई करिब २० हजार रूपैयाँ बराबरका उत्पादनहरू उपहारस्वरूप दिने जनाइएकाे छ । साथै, २ हजार ५०० रुपैयाँभन्दा माथिको खरिदमा नि:शुल्क डेलिभरीको सुविधा, मोबाईल र एप्लायन्समा सजिलो ईएमआई सुविधा र वेबसाइटमार्फत खरिदमा विशेष उपहार उपलब्ध गराइने उल्लेख गरिएकाे छ ।

मोबाइलमाण्डुका अनुसार उपभोक्ताले यो दशैं आफ्नो जीवनशैलीमा नयाँ ग्याजेट थप्दै परिवार र आफन्तलाई उपहार दिन सक्नेछन् । कम्पनीले आफ्ना अफर र गिभअवे अपडेटका लागि आधिकारिक वेबसाइट तथा फेसबुक, इन्स्टाग्राम र टिकटोक पेजमार्फत नियमित जानकारी लिन आग्रह गरेको छ ।