विरोध प्रदर्शनपछि भिङ्गेगार्ड एस्पाना साइकल दौड छोट्याइयो


आइतबारको विरोधका कारण ५० किलोमिटरभन्दा बढी दौड बाँकी रहँदा भिङ्गेगार्ड एस्पाना साइकल दौड छोटो पारिएको छ । सुरक्षा कारणले गर्दा ला वुएलटाको चरण २१ चाँडै समाप्त भएको हो ।

कुनै पोडियम समारोह नहुने बताइएको छ । म्याड्रिडको केन्द्रमा प्रहरी र प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू बिच झडप भएको थियो ।

ला वुएलटा संगठनले ५८ किलोमिटर दौड बाँकी रहँदा अस्थायी रूपमा दौड रोकेको हो । दौड पुनः शुरु भएपनि थप दुई किलोमिटर पछि आयोजकहरूले तत्काल फेरि एक पटक स्टेज र प्रतिष्ठित प्लाजा डे सिबेल्समा आयोजना हुने प्रश्तुति रद्ध गर्ने निर्णय गरेको हो ।