काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ७७ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा एक खर्ब ७७ अर्ब ४१ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई एक खर्ब ३६ अर्ब ६० करोड रूपैयाँ भित्रिएको थियो ।
यो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भएर १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो
वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) एक खर्ब ९३ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक खर्ब ४८ अर्ब ८ करोड रूपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको
सङ्ख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो
सङ्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्