काठमाडौँ । जेनजी आन्दोलनलाई सुरुदेखि नै समर्थन गर्दै आएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सरकारले जेनजीको मागलाई सम्बोधन गर्नेमा शंका व्यक्त गर्न थालेका छन् ।
भट्टराईले सामाजिक संजालमा आफ्नो भनाइ सार्वजनिक गर्दै जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारका प्रम सुशीला कार्कीका अहिले सम्मका अभिव्यक्ति, कदम, नियुक्ति सकारात्मक रहेको तर अबका दिनमा सरकारी नियुक्ति गर्दा आन्दोलनको मर्मलाई नै प्राथमिकता दिनुपर्ने सुझाव दिएका हुन् ।
आन्दोलनको रापताप सेलाउँदै जाँदा पुरानै शक्ति र प्रवृत्ति हावी हुँदै जाने युवाहरूको असन्तुष्टी र आक्रोश पुनः बिष्फोट हुन सक्नेप्रति सरकारलाई सचेत बताएका हुन् ।
भट्टराईले भनेका छन्, “अन्य कुराहरूका अतिरिक्त मन्त्रीपरिषद् लगायत सबै नियुक्तिहरूमा युवा समूहबाट कमसेकम एक तिहाइ सदस्य राख्नु राम्रो हुनेछ।”
भट्टराईकाे आफ्नो निवास आन्दोलनका क्रममा जलाइए पनि उनले युवा शक्तिको आन्दोलनलाई खुलेर समर्थन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्