काठमाडौँ । यातायात व्यवस्था विभागले सूचना प्रविधि प्रणाली अनिश्चितकालीन रूपमा बन्द हुने जानकारी दिएको छ।
विभागका अनुसार गत भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा विभागको डाटा सेन्टरमा आगजनी भएको थियो।
यसका कारण सर्भर मर्मतसम्भारको काम भइरहेको हुँदा सवारी चालक अनुमतिपत्र तथा सवारी दर्तासम्बन्धी सबै सेवा अर्को सूचना नआएसम्म बन्द रहनेछ। विभागले सम्बन्धित सबैलाई जानकारी राख्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्