अर्थ मन्त्रालयमा विकास साझेदारहरुसँग बैठक सम्पन्न


काठमाडौँ । अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकायका प्रमुखहरुसँग बैठक सम्पन्न भएको छ। बैठकमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले हालै गठन भएको अन्तरिम सरकारले पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचारमुक्त समाज र विधिको शासनमा प्रतिवद्ध रहेको उल्लेख गर्दै मितव्ययिता र आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिने बताए।

उनले आन्दोलनका कारण भएको आर्थिक क्षतिको उल्लेख गर्दै पुनर्निर्माणलाई प्राथमिकतामा राखिने जानकारी दिए। कार्यक्रममा विभिन्न देशका नेपालस्थित राजदूत, संयुक्त राष्ट्रसंघीय एजेन्सी तथा बहुपक्षीय र द्विपक्षीय विकास साझेदारका प्रमुखहरुले नेपाल सरकारको नीति तथा कार्यक्रमप्रति समर्थन व्यक्त गर्दै चालु आयोजना निरन्तरता दिने र आगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताएका छन्।