काठमाडौँ । यातायात व्यवस्था विभागले चाडपर्वको अवसरमा सार्वजनिक यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन सम्बन्धित सरोकारवालालाई अनुरोध गरेको छ।
विभागले सार्वजनिक यातायातमा पूर्वनिर्धारित भाडादर भन्दा बढी भाडा असुल्ने, टिकटको कालाबजारी गर्ने तथा अनलाइन टिकट बिक्री वितरणमा असुविधा सिर्जना गर्ने जस्ता समस्या बढ्दै गएको भन्दै सचेत रहन सबैलाई निर्देशन दिएको छ।
विभागले आगामी दिनमा स्वीकृत भाडादर र प्रचलित कानुनअनुसार मात्र टिकट काट्नेरकटाउने व्यवस्था गर्नुपर्ने जनाएकाे छ ।
सार्वजनिक यातायातमा नियम उल्लङ्घन गरेमा प्रचलित कानुन अनुसार कारबाही हुने जानकारी समेत विभागले प्रकाशित सूचनामा उल्लेख गरेको छ।
यातायात विभागले चाडपर्वलक्षित यातायात सेवा सहज र व्यवस्थित गर्न सम्बन्धित सबै सरोकारवालालाई सहयोग र जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस्