देशभर आंशिकदेखि साधारण बदली, पश्चिम र मध्य भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना


काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा देशका विभिन्न प्रदेशमा मौसम आंशिकदेखि साधारण बदली रहने र कतिपय स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। तराईका अधिकांश भागहरूमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा पनि यस्तै वर्षा हुन सक्ने विभागले जनाएको छ।

आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी भू–भागमा पनि साधारणतया बदली रहनेछ भने बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जनसहित वर्षाको सम्भावना रहँदैछ। बाँकी तराईका एक–दुई स्थानहरूमा पनि यस्तै प्रकारको वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसम विश्लेषण अनुसार हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेशको पश्चिमी भागका केही स्थानहरूमा पश्चिमी वायूको प्रभाव देखिएको छ। बाँकी भू–भागमा भने मनसुनी वायूको कमजोर प्रभाव रहेको विभागले जनाएको छ।