२ महिनामा ३ खर्ब ५२ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रियो


काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा ३ खर्ब ५२ अर्ब ८ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । २०८२ भदौमा
एक खर्ब ७४ अर्ब ६७ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब २७ अर्ब ९९ करोड रूपैयाँ रहेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।

यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ३ खर्ब ८४ अर्ब ८८ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रूपैयाँ रहेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको
सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० रहेको ५८३ रहेको जनाएको छ ।