काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब रूपैयाँभन्दा माथि पुगेको छ ।
अर्थ मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१/८२अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड रूपैयाँ पुगेको हो ।
गत आवमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको थियो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार, गत आर्थिक वर्षको लागि विनियोजित बजेटमध्ये कुल ८१.३३ प्रतिशत रकम खर्च भएको छ ।
सरकारले १८.६० खर्ब ३० करोड रुपैयाँको विनियोजन गरेकोमा १५.१२ खर्ब ९८ करोड रुपैयाँ मात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले आर्थिक वर्ष २०८२/८३ मा घाटा बजेट परिपूर्तिका लागि ३ खर्ब २९ अर्ब ९९ करोड आन्तरिक र १ खर्ब २५ अर्ब ४० करोड बाह्य ऋण कुल ४ खर्ब ५५ अर्ब २९ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण परिचालन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्