काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव तथा स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनामाथि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आयोगका अनुसार विभागले आर्थिक वर्ष २०८०र८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा ठेक्का सम्झौताका शर्त उल्लङ्घन गर्दै मिलेमतोका आधारमा सम्पूर्ण सामग्री नआउँदै झुट्टा बिल–बिजक र गलत प्रतिवेदनमार्फत भुक्तानी प्रक्रिया पूरा गरेको पाइएको हो।
अख्तियारको अनुसन्धानले लागत अनुमान तयार गर्ने चरणदेखि नै राष्ट्रसेवक कर्मचारी र ठेकेदार कम्पनीबीच मिलेमतो भएको प्रमाणित गरेको छ। विभागले म्यामोग्राफी मेसिन, एक्सेसोरीज, तालिम लगायतका १२ बुँदामा आधारित त्भअजलष्अब िक्उभअषष्अबतष्यल तयार गर्दा अधिकार प्राप्त अधिकारीबाट स्वीकृति नै नलिई बदनियतपूर्वक लागत अनुमान तयार गरेको र सोही आधारमा ठेक्का सम्झौता गरिएको आयोगको निष्कर्ष छ।
अनुसन्धानका क्रममा ठेक्का प्राप्त कम्पनीले प्राविधिक स्पेसिफिकेशनअनुसार शीर्षकगत दररेट नदिई एकमुष्ट दररेट मात्र पेश गरेको, विभागका अधिकारीहरूले सोही दरलाई आधार मानेर लागत अनुमान र भुक्तानी प्रक्रिया अघि बढाएको पाइएको हो।
आयोगले यस्तो कार्य सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ लगायतका प्रचलित कानुनको प्रतिकूल हुने ठहर गर्दै संलग्न सबै विरुद्ध मुद्दा दायर गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्