मंगलबार पनि घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ९०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ३९ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ६० रूपैयाँले घटेर २ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।