काठमाडाैँ । स्याङ्जामा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसार–पसार गरिरहेको एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
आज दिउँसो करिब २ बजे प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पुतलीबजार नगरपालिका–१४ स्थित आँधिखोला किनारमा अस्थायी रूपमा उत्खनन भइरहेको स्थानमा छापामारी गरेको हो।
प्रहरीका अनुसार ग–१–त ४२७३ नम्बरको ट्याक्टरमा गिट्टी तथा बालुवा लोड गरी लैजाने क्रममा फेला पारिएको र उक्त सवारीसहित चालकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले नदिजन्य पदार्थको अवैध उत्खनन तथा ओसार–पसार रोक्न चेकजाँच र निगरानी अझ कडा बनाइने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्