क्यानका महानिर्देशकसहित ७ जनाविरुद्ध नलिञ्चोक हेलिप्याड अनियमिततामा मुद्दा दायर


काठमाडौँ । भक्तपुरको नलिञ्चोक हेलिप्याडमा भएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दा नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित सात जनाविरुद्ध दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रवन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रवन्धक नवलविक्रम थापा र केही कम्पनीका प्रतिनिधिलाई विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो।

विशेष अदालतले उनीहरूमाथि जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो दाबी गर्ने तथा कैद र जरिवाना सजाय माग गरेको छ।

मुद्दा दायर गर्नुअघि प्रदीप अधिकारी र मुरारी भण्डारीलाई पक्राउ गरिएको थियो र उनीहरूलाई विशेष अदालतमा उपस्थित गराइएको छ।