वाह्य क्षेत्र राम्रो भए पनि आन्तरिक अर्थतन्त्र चापमा छ : अध्यक्ष पाण्डे


काठमाडाैँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राख्नुपर्नेमा जोड दिएका छ ।

काठमाडौंमा आज नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै अध्यक्ष पाण्डेले आर्थिक मुद्दाहरूलाई पहिलो प्राथमिकता दिएर तथ्यपरक समाचार संप्रेषण गर्नुपर्ने बताए ।

उनले विदेशी विनिमय सञ्चिति समानान्तर वचतको हिसावले वाह्य क्षेत्र राम्रो रहेको तर वाह्य क्षेत्र राम्रो भएपनि आन्तरिक अर्थतन्त्र चापमा रहेको उल्लेख गरे ।

अध्यक्ष पाण्डेले भने,“विदेशी विनिमय सञ्चिति समानान्तर वचतको हिसावले वाह्य क्षेत्र राम्रो छ । वाह्य क्षेत्र राम्रो भएपनि आन्तरिक अर्थतन्त्र चापमा रहेको छ । बैंकमा लगानीयोग्य रकम छ, ब्याज एकल बिन्दुमा छ, समग्र बजारको माग बढ्न सकेको छैन । मागमा वृद्धि आउन नसक्दा उद्योगधन्दाहरु न्युन क्षमतामा सञ्चालन भइरहेका छन् । अहिलेको सबैभन्दा ठूलो चुनौति हाम्रो प्रणालीमा रहेको लगानीयोग्य रकम स्थिर हुनु हो जस्तो लाग्छ ।”

बैंकमा लगानीयोग्य रकम रहेको, ब्याज एकल बिन्दुमा भएपनि समग्र बजारको माग बढ्न नसकेको अध्यक्ष पाण्डेको भनाई थियो ।

मागमा वृद्धि आउन नसक्दा उद्योगधन्दाहरू न्युन क्षमतामा सञ्चालन भइरहेका बताए । अहिलेको सबैभन्दा ठुलो चुनौति प्रणालीमा रहेको लगानीयोग्य रकम स्थिर हुनु रहेको बताए ।

अध्यक्ष पाण्डेले निजी क्षेत्रको लगानी बढ्यो भने मात्रै मुलुकको अर्थतन्त्र बलियो र विस्तार हुने बताए । अर्थतन्त्र सुदृढ भएमात्रै मुलुक समृद्ध हुने उनको भनाई थियो ।