काठमाडौँ उपत्यकाका खाद्य व्यवसायहरूमा निरीक्षण, सुधारका निर्देशन जारी


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकाभित्रका खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायहरूको निरीक्षण अनुगमन गरेको छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम व्यवसायहरूमा आवश्यक सुधार र निर्देशन जारी गरेको जनाएको छ।

निरीक्षणको क्रममा ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको संगम फुड प्रोडक्ट प्रा. लि. मा सरसफाइको अवस्था सन्तोषजनक पाइएको छ। तर केही कच्चा पदार्थमा पूर्ण लेबल विवरण नभएको पाइएपछि विभागले खाद्य स्वच्छता कायम राख्ने, पेष्ट कन्ट्राेल प्रभावकारी बनाउने र पूर्ण लेबल विवरण भएका खाद्य वस्तु मात्र प्रयोग गरी भण्डारण गर्न निर्देशन दिएको छ। निरीक्षणका क्रममा कुकिज र बेकरी सर्टनिंगका नमुना पनि सङ्कलन गरिएको थियो।

त्यसैगरी काठमाडौँकाे बालाजुमा अवस्थित हिमाली बेकरी कम्पनी प्रा. लि. मा पनि सरसफाइ सामान्य सन्तोषजनक देखिएको भए पनि पेष्ट कन्ट्राेल पर्याप्त नभएको र Exhaust fan को व्यवस्था प्रभावकारी नभएको देखिएको विभाषले जनाएकाे छ ।