जेनजी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना


काठमाडाैँ । जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले विद्रोहपछि गठन भएको अन्तरिम सरकारले अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गरेका छन् । 

बिहीवार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले आन्दोलनकारीका मागअनुसार काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।

उनले विगतका कुनैपनि सरकारले प्रभावकारी काम गर्न नसकेकै कारण मुलुक यस्तो अवस्थामा पुगेको उल्लेख गर्दै सरकारले केही नबिगार्दैमा राम्रो सरकार भन्न नसकिने धारणा राखे।

जेनजी आन्दोलनमा सचेत वर्ग (कन्सियस क्राउड) र निराश वर्ग (फ्रस्टेड क्राउड) सहभागी भएको उल्लेख गर्दै उनीहरूको माग र आवश्यकताअनुसार सरकार अघि बढ्न नसेकेको उनको भनाइ छ ।

उनले सरकारले जेनजी समूहसँग गरेको सम्झौतालाई ललिपप सम्झौताको संज्ञा दिँदै उक्त सम्झौता सर्वमान्य नभएको टिप्पणी समेत गरे ।