चीनको उच्च–गतिको रेल नेटवर्क ५० हजार किलोमिटर नाघ्यो


विश्वकै सबैभन्दा ठूलो उच्च–गतिको रेल सञ्जाल भएको चीनले नयाँ रेल लाइनको शुरुवातसँगै ५० हजार किलोमिटरको कुल सञ्चालन माइलेज पार गरेको छ ।

नयाँ उच्च–गतिको रेल लाइनको प्रक्षेपणसँगै चीनको कुल सञ्चालन माइलेज ५० हजार किलोमिटरभन्दा माथि पुगेको हो ।

यससँगै चीनले विश्वको सबैभन्दा ठूलो उच्च–गतिको रेल सञ्जालको रूपमा आफ्नो स्थान अझ सुदृढ बनाएको छ । शुक्रवार बिहान उत्तरपश्चिमी चीनको शान्सी प्रान्तको एक पवित्र क्रान्तिकारी केन्द्र यानआनबाट प्रान्तीय राजधानी सियानका लागि फक्सिङ बुलेट ट्रेन प्रस्थान ग¥यो ।

यस प्रस्थानले नयाँ मार्गको उद्घाटन मात्र गरेन बरु राष्ट्रिय यातायात पूर्वाधारको विकासमा एक महत्वपूर्ण कोसेढुङ्गा पनि थपेको छ । फक्सिङ बुलेट ट्रेन चीनको स्वदेशी प्रविधिमा आधारित छ र यसले तिब्र गतिको साथसाथै यात्रुहरूलाई आरामदायी यात्रा प्रदान गर्दछ ।

५० हजार किलोमिटरको यो उपलब्धिले चीनका विभिन्न शहरहरू बीचको दूरी घटाउन र आर्थिक गतिविधिहरूलाई गति दिन मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।