नेपालमा च्याउ उत्पादनमा निरन्तर वृद्धि, बीउ उत्पादनमा घटबढ


काठमाडौँ । पछिल्लो दशकमा नेपालमा च्याउ उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०१०/११ मा देशभर ताजा च्याउ उत्पादन १ हजार ५३० मेट्रिकटन थियो, जुन २०२२/२३ मा १५ हजार ११७ मेट्रिकटन पुगेको छ। यसरी च्याउ उत्पादन करिब दश गुणाले बढेर नेपालको कृषि क्षेत्रमा यसबस्तुको महत्व बढाएको छ।

तर बीउ उत्पादनको अवस्था भने निरन्तर बृद्धि नभई उतार–चढाव देखाएको छ। आर्थिक वर्ष २०१०/११ मा २ लाख ६८ हजार ५६० बोतल बीउ उत्पादन भएकोमा आर्थिक वर्ष २०१५/१६ मा यसले १४ लाख ८८हजार बोतलसम्म वृद्धि पाएको थियो। यद्यपि पछिल्ला वर्षमा बीउ उत्पादन घट्दै आर्थिक वर्ष २०२२/२३ मा ११ लाख ५६ हजा। ३९७ बोतलमा सीमित भएको देखिन्छ।

च्याउ उत्पादक किसान संघका अनुसार च्याउ उत्पादनको वृद्धिसँगै बीउ उत्पादनमा असमानता हुनुको कारण प्राविधिक ज्ञानको कमी, गुणस्तरीय बीउको अभाव र किसानहरूको पहुँचमा असन्तुलन रहेको छ। यसले व्यवसायिक च्याउ खेती र निर्यातलाई असर पार्न सक्छ।

नेपालमा च्याउ खेतीले घरेलु माग मात्र पूर्ति नगरी विदेश बजारमा निर्यातको सम्भावना पनि बढाएको छ। मन्त्रालयले आगामी वर्षहरूमा बीउ उत्पादन र गुणस्तर सुधारमा विशेष ध्यान दिनुपर्ने बताएको छ।

ताजा च्याउ उत्पादनको अवस्था

आर्थिक वर्षताजा च्याउ उत्पादन (मेट्रिक टन)च्याउ बीउ उत्पादन (बोतल)
२०१०/१११,५३०२,६८,५६०
२०११/१२१,५३०२,६८,५६०
२०१२/१३१,६५०२,८९,६२४
२०१३/१४१,९००३,३३,५०५
२०१४/१५२,७००४,२५,०००
२०१५/१६९,३००१४,८८,०००
२०१६/१७१०,८५०१५,४५,०००
२०१७/१८१०,५००१५,४०,०००
२०१८/१९११,२५५१५,८८,७००
२०१९/२०१२,६०७१५,९९,४३५
२०२०/२११३,२४११६,००,५५२
२०२१/२२१४,३००१३,४७,८३२
२०२२/२३१५,११७११,५६,३९७

स्राेत : कृषि तथा पशुपन्छी विकास मन्त्रालय, २०८१