बुधबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक हजार १०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ६२ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ६१ हजार रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १२० रूपैयाँले घटेर ४ हजार ४७० रूपैयाँ कायम भएको छ ।