उद्योग वाणिज्य महासङ्घमा वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहले उम्मेदवारकाे प्रारम्भिक नाम टुङ्ग्यायो


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहले उम्मेदवारहरूकाे प्रारम्भिक नाम टुङ्ग्याएको छ ।

श्रेष्ठ समूहले आगामी चैतमा नयाँ नेतृत्वका लागि हुने चुनावका लागि उम्मेदवाहरूको प्रारम्भिक सूची तयार गरेको हो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ विधानअनुसार आगामी कार्यकालका लागि स्वत: अध्यक्ष बन्ने छन् । श्रेष्ठपछि भने वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था हटाइएको छ ।

कार्य समितिमा २ जनामध्ये सबै उम्मेदवारकाे नाम टुङ्गो लागेको छ ।

वस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरे आफूहरूले क्षेत्रगत, व्यक्ति र व्यक्तित्व नछुटोस भन्ने उद्देश्यले सूची तयार गरेको बताए । उनले भने,“ एकदुई ठाउँ खाली राखेका छौँ किनभने क्षेत्रगत, व्यक्ति र व्यक्तित्व नछुटोस् भन्ने हो ।”

अञ्जन श्रेष्ठ समूहबाट एसोसिएट्मा प्रबलजंग पाण्डे र जिल्ला नगरमा लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्मा तथा बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठको नाम टुङ्गिएको छ ।

यसै गरी सदस्यहरूमा रबिन पुरी, राजकुमार कार्की, बसन्त चन्द्र मारथ्या, रघुनन्दन मारु, सुनिता न्हेमाफुकी, होमप्रसाद घिमिरे, ,राजेशभक्त श्रेष्ठ, बिप्लव अधिकारी, अरनिको राजभण्डारी, रेशमप्रसाद देवकोटा, संघर्ष विष्ट,विश्वनाथ खनाल, धनप्रसाद लामिछाने र सरस्वती राईको नाम उम्मेदवारको लागि तय भएको छ ।

यो समूहमा ३० जना भन्दा बढी आकाङ्क्षी भएपछि २ जनाको नाम टुङ्ग्याउन बाँकी छ ।

वस्तुगतमा अर्को तर्फ नरेशलाल श्रेष्ठले नेतृत्व गरिरहेका छन् । नरेशलाल समूहले पनि आफ्ना धेरैजसो उम्मेदवारको नाम टुङ्ग्याएकाे छ ।