काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ ओटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ ।
विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कार्यालयले ९ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।
कालोसूचीमा पर्नेहरूमा कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा. लि., श्रीओम अटो ल्युब प्रा. लि., आर्कटिक कन्स्ट्रक्सन प्रा. लि., ग्रिन वल्र्ड कन्स्ट्रक्सन प्रा. लि, अग्रिम–लङभिजन–धनलक्ष्मी जे.भी., मार्सेली निर्माण सेवा लगायत छन् ।
कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर मुलुकभरका कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्