२७ अंकले बढ्यो नेप्से, ११ अर्ब रूपैयाँ बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक २७.१९ अंकले बढेर २७०८.७० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने एक ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

विहीबार नेप्सेमा युनियन हाइड्रोपावरको सबैभन्दा धेरै शेयर कारोबार भएको छ। । कम्पनीको ५८ करोड ७७ लाख ६७ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज कालिन्चोक दर्शन, सुपरमाई हाइड्रोपावर र मोदी इनर्जीका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यी सबै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, सपुरमाई हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।