काठमाडौँ । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
हिजो बेलुकी भएको बस दुर्घटनामा घटनास्थलमै ८ जना र उपचारका क्रममा अस्पतालमा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायले जानकारी गराएका छन् ।
बैतडीको पुर्चौडी नगरपालिका ७ भवनेबाट बझाङ फर्किरहेको सुप प्र ०२००१ ख १११९ नम्बरको बस हिजो बेलुकी ८ बजेतिर दुर्घटनामा परेको थियो ।
पर्चौडी–७ बडगाउँ मोडमा भएको दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशबराज जोशी, १३ वर्षीय अशोकराज जोशी,३५ वर्षीय वसन्त जोशी,४१ वर्षीय विसनदत्त दोशी, बझाङ केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका बझाङका ४० वर्षीय वसन्तराज रतला, बैतडी पुर्चौडी–७ कि ४० वर्षीय पुष्पा अवस्थीको मृत्यु भएको छ ।
उपचारका क्रममा बझाङ बित्थडचिर गाउँपालिका ९ का १७ वर्षीय बिसनदत्ता जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसानदत्त जोशी, केदास्यु गाउँपालिका ७ बस्सीका २७ वर्षीय केशबराज भट्ट र बैतडी पर्चीडी नगरपालिका ७ का १५ वर्षीय सुशील जोशीको मृत्यु भएको छ । दुर्घटनामा ३४ जना घाइते भएका छन् ।
घाइतेलाई डडेल्धुरा, धनगढी बझाङका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।
कञ्चनपुर भिदत्त नगरपालिका ७ घर भएका चालक वीरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुलहा दलही भने अर्को गाडीमा रहेकाले सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्