राष्ट्रिय बहिरा ११–ए साईड फुटबल प्रतियोगिता २०८२ को तयारी पूरा


काठमाडाैँ । सुन्दरढोका साथीसेवाको आयोजनामा आगामी माघ २५ र २६ गते दशरथ रंगशालामा राष्ट्रिय स्तरको बहिरा फुटबल प्रतियोगिता हुने भएको छ । 

यस प्रतियोगितामा देशभरबाट जम्मा ८ वटा टोलीहरुले सहभागिता जनाउनेछन् । सातै प्रदेशबाट १–१ टिम र वागमती प्रदेशबाट थप १ गरी जम्मा ८ टिम बीच प्रतिष्पर्धा हुनेछ । कुल १ घण्टा (३०/३० मिनेटका दुई हाफ र १० मिनेटको ब्रेक) हुनेछ । पहिलो दिन ४ वटा नकाउट खेलहरु हुनेछन् । विजेता टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

दोस्रो दिनमा सेमिफाइनल र फाइनल खेलहरु हुनेछन् । विजेता टोलीले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी द्वितीय हुनेले ४० हजार र तृतीय हुने टोलीले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर र कोचलाई जनही ५–५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

बहिरा फुटबल खेलाडीहरुको पहिचान र राष्ट्रिय/अन्तर्राष्ट्रिय सहभागिताका लागि वातावरण तयार गर्ने, खेलाडीहरूको आत्मबल वृद्धि र खेल कौशलता प्रष्फुटन गराउने र बहिरा खेल प्रवद्र्धनका लागि सरकारी निकायसँग समन्वय गर्ने उद्देश्यका साथ खेल आयोजना गरिएको बताइएको छ ।